काठमाडौं– धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको निधन भएको छ। धापासीस्थित ग्रान्डी अस्पतालका उपचारको क्रममा मंगलबार बिहान उनको निधन भएको हो।
बिहान साढे १० बजे उनको मृत्यु भएको हो। उनी तत्कालिन नेकपा(एमाले)बाट मेयरमा निर्वाचित भएका थिए।
केही समयदेखि बिरामी रहेका सुब्बाको ‘साइटोमेगाइलो’ भाइरसको संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।
२०२३ सालमा जन्मिएका सुब्बाले २०३७ सालबाट आफ्नो राजनीतिक सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।