राजविराज– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुंगा नगरपालिका ५ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्व जाँदै गरेको ना६ख ४६८० नम्बरको ट्रकले विपरीत दिशामा जाँदै गरेको ना९प ८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका ८ का ५० वर्षीय रामशरण चौधरी घाइते भएका थिए।
टाउकोमा चोट लागेर सिकिस्त अवस्थामा रहेका चौधरीलाई लहानस्थित सप्तऋषि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सप्तरीका एसपी मुकेशकुमार सिंहले बताए।
ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय कडरवोनाले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।