पूर्व सा‌ंसद आलमको निधनप्रति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

Nepal Live

फाइल तस्बिर


काठमाडौं– राष्ट्रियसभाले पूर्व सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकले आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। आलमको असार २९ गते बेलुका हृदयरोगको उपचारको क्रममा गंगालाल हृदय रोग केन्द्रमा निधन भएको थियो। 

आलम २०७० सालको संविधानसभा सदस्यका रुपमा तत्कालीन मधेशी जनअधिकार फोरम, नेपालको तर्फबाट रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। उनी हाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध थिए।

राष्ट्रियसभाले पूर्व राज्यमन्त्री आलमको निधनको शोकमा १ मिनेट मौनधारण समेत गरेको छ।

राष्ट्रियसभाको अर्को बैठक आगामी श्रावण ८ गते मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ। शोक प्रस्ताव पारित गरेपछि संसदमा अन्य विषयमा छलफल नगरी बैठक स्थगित गर्ने प्रचलन रहिआएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार