विराटनगर– मोरङको उर्लाबारी नगरपालिका ४ मा गएराति जंगली हात्तीले ५ परिवारको ८ वटा घरमा क्षति पुर्याएका छन्।
हात्तीले उर्लाबारी नगरपालिका ४ खोर्सानीबारीका बद्री दाहाल, तेजबहादुर माझी, ईश्वर पौडेल र गणेश मगर तथा मिक्लाजुङ गाउँपालिका ३ सुन्दरी चोकका वीरबहादुर मिश्र, सन्तोष नेपाली र कमला नेपालीको घर र गोठमा क्षति गरेको छ।
जंगलबाट निस्किएका हात्तीले घर र गोठमा रहेको मकै तथा खाद्यान्नसमेत नष्ट गरी करिब २ लाख बराबरको क्षति गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।