विराटनगर– ठूलो परिमाणको लागुऔषधसहित सुनसरीमा तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ।
इनरुवा नगरपालिका ९ का २२ वर्षीय सत्यनारायण मेहता, देवानगञ्ज गाउँपालिका २ का १८ वर्षीय साजित अन्सारी र देवानगञ्ज ७ का २१ वर्षीय रामनारायण मेहतालाई इनरुवाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट ४५ बोतल कोरेक्स डाइलेक्स, ३२० पिस नाइट्रोसन ट्याब्लेट, २ हजार ७ सय ८६ पिस स्पास्मो प्रोक्सिभन क्याप्सुलसहित लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमिरियाले बताए।
भारतीय क्षेत्रबाट इनरुवातर्फ आउँदै गरेको को २२ प ५८४८ नम्बरको मोटरसाइकललाई इनरुवा–दुहवी सडक खण्डमा चेकजाँच गर्दा लागुऔषध बरामद भएको चिमरियाले बताए।
बरामद लागुऔषधसहित तीनै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।