एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच हेलसिन्कीमा वार्ता भएको छ।
उनीहरुबीच डेढ घन्टाभन्दा बढी एक्लाएक्लै वार्ता भएको थियो।
वार्तापछि आयोजित संयुक्त वक्तव्यमा ट्रम्पले २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको कुनै भूमिका नरहेको प्रस्ट्याएका छन्। त्यसबेला अमेरिकी गुप्तचर संस्थाले निर्वाचनमा ट्रम्पलाई रुसले साथ दिएको बताएको थियो। हिलारी क्लिन्टनलाई हराउन पुटिनले विशेष भूमिका खेलेको गुप्तचरको निष्कर्ष थियो। उक्त निर्वाचनमा १२ जना रुसी अधिकारीमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो।
रुसले सहयोगीका रुपमा भूमिका खेले पनि यसमा कुनै भ्रम नरहेको ट्रम्पले बताए। पुटिनले पनि निर्वाचनमा रुसले कुनै योगदान नगरेको बताएका छन्।
भेटपछि ट्विट गर्दै ट्रम्पले मलाई मेरा बुद्धिमान साथीहरुप्रति पूर्ण भरोसा छ भनेका छन्। 'म भविष्य उज्ज्जल बनाउनेतिर लाग्नेछु जबकि अब हामीले विगतलाई महत्वका साथ लिनु जरुरी छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।