सोलुखुम्बु- सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-३ बोल्दोमा ट्याटरको ब्रेक फेल भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ट्याक्टरमा मजदुरी गर्दै आएका स्थानीय २२ वर्षीय जीवन तामाङ रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। बोल्दोबाट ढुंगा लिएर सल्लेरीतर्फ जाँदै गरेको ट्याक्टर सडकबाट अन्दाजी ६५ मिटर तल खोलामा खसेको थियो। ट्याक्टर खोलाको पानीमा डुबेको र चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी तामाखानीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।