काठमाडौं– नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनलले नेपालमा हुनसक्ने चीन विरोधी गतिविधि नियन्त्रण गर्न आग्रह गरेका छन्। सोमबार गृहमन्त्री रामबहादुर थापा‘बादल’सँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन्।
गृह मन्त्रालयका अनुसार मन्त्री जुनलले नेपालको भूमिबाट हुने ची विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन उनले आगैह गरेका थिए।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो।
भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि उपमन्त्री जुनसँग आग्रह गरे। नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै गृहमन्त्री थापाले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गरेका छन्।
भेटमा उपमन्त्री जुनले नेपाल–चिन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिएका छन्। उनले मन्त्री थापालाई चीन भ्रमणका लागि निम्तो समेत दिएका छन्।
उपमन्त्री जुनल ५ दिन नेपाल भ्रमणमा आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।