काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरको भकुण्डेबेशी क्षेत्रमा सञ्चालित सबै ईटाभट्टाहरु बन्द गर्ने निर्णय गरेको छ। कुनै पनि भट्टाले वातावरणीय मापदण्ड पूरा नगरेकाले बन्द गराउने निर्णय भएको हो।
वातावरण विभागबाट गरिएको अनुगमनमा वातावरणसम्बन्धि मादण्ड पूरा नगरेकाले आगामी आर्थिक वर्षदेखि नवीकरण नगर्ने निर्णय गरिएको मेयर टिपी शर्मा जानकारी दिए।
मापदण्डविपरीत सञ्चालन भएका ईटाभट्टाले स्वास्थ्यमा असर गरेको भन्दै स्थानीयहरुले विरोध गर्दै आएका थिए। प्रदुषण घटाउन भट्टाहरुले चासो नदिएपछि बन्द गरिएको हो।
नगरसभाद्वारा पारित आर्थिक ऐन बमोजिम राजश्व असुलीका लागि दिइएको प्रमाणपत्रको सम्बन्धमा गलत प्रचार भएकोमा समेत ध्यानाकर्षण गरिएको नगरपालिकाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।