राजदूतले प्रधानमन्त्रीसँग सपथ लिनुपर्ने, राजदूत नियुक्तिका १४ मापदण्ड तय

 

Nepal Live

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवाली। साथमा परराष्ट्रसचिव शंकर दास वैरागी र सहसचिव भरतराज पौडेल


काठमाडौं– राष्ट्रपतिबाट नियुक्त हुने राजदूतले प्रधानमन्त्रीसँग सपथ लिनुपर्ने भएको छ। सरकारले बनाएको राजदूत नियुक्तिसम्बन्धि निर्देशिका २०७५ मा प्रधानमन्त्रीसँग सपथ लिनुपर्ने प्रावधान राखिएको हो। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार आयोजित पत्रकार सम्मेलनमा त्यससम्बन्धि जानकारी दिएका हुन्। यसअघि राजदूतले सपथ लिने प्रावधान थिएन। 

त्यस्तै, निर्देशिकामा कुनै राराजदूतकाे काम चित्त नबुझेमा फिर्ता बोलाउन सकिने प्रावधान छ। राजदूतहरुको वर्गिकरण हटाइएको, ६ महिनासम्म एग्रिमो नआएमा नियुक्ति खारेज गर्ने प्रावधानहरु निर्देशिकामा राखिएको छ। गत २४ गतेको मन्त्रिपरिषद्को बैठकले निर्देशिका स्वीकृत गरेको हो। 

१४ मापदण्ड तय 
निर्देशिकाले राजदूत नियुक्तिका लागि १४ वटा मापदण्ड तय गरेको छ।  उमेरमा न्यूनतम ३५ वर्ष तथा शैक्षिक योग्यतामा स्नातक राखिएको छ। 

त्यस्तै, सरकारी सेवाबाट भविष्यमा अयोग्न हुने गरी बर्खास्त भएको हुनु नहुने,  कुनै पनि बिदेशी मुलुकको स्थायी÷अस्थायी बसोबासको अनुमति पाएको व्यक्ति नियुक्तिका लागि अयोग्य हुने प्रावधान राखिएको छ। 

 भ्रष्टाचार तथा फौजदारी मुद्दामा दोषी व्यक्ति पनि राजदूतमा नियुक्त हुने छैनन्। कुनीतिसम्बन्धि अनुभव भएको, नियुक्ति हुने देशको सम्बन्धमा जानकार हुने पर्ने, नियुक्त हुने देशसँग कुनै हित बाझिने काममा संलग्न नुहने निर्देशिकामा उल्लेख छ। 

 तत्कालिन अवस्थामा कुनै पनि अन्तराष्ट्रिय गैर सरकारी संस्थामा काम नगरेको,  उच्च नैतिक आचरण भएको, कालोसूचिमा नपरेको, भियना महासन्धि लगायत कुटनीतिक क्षेत्रको ज्ञान भएको लगायतका विषयलाई मापदण्डमा राखिएको छ। 

सरकारले राजदूतका लागि छुट्टै आचारसंहिता समेत बनाउने मन्त्री ज्ञवालीले जानकारी दिए। 

निर्देशिका बमोजिम नै सोमबारको मन्त्रिपरिषद्को बैठकले भारत र मलेसियाका लागि राजदूत सिफारिस गरिसकेका छ। भारतका लागि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती तथा मलेसियाका लागि उदयराज पाण्डेको नाम सिफारिसर गरिएको छ। 

रिक्त रहेका संयुक्त अरब इमिरेट्स तथा संयुक्त राष्ट्र संघको स्थानीय प्रतिनिधि पदमा भने सिफारिस भएको छैन। दुवै पदमा परराष्ट्र सेवाबाट पठाउने सम्भावना छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार