काठमाडौं– गीतकार दिनेश थपलियाको शब्द रहेको ‘पानी कुवाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। वसन्त सापकोटाको संगीत रहेको गीतमा सरोज ओली र स्मिता दाहालको स्वर छ।
कार्टुन्ज क्रु समूहको नृत्य रहेको भिडियोमा अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ। ग्रामीण नेपाली जीवनशैली झल्काउने गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।
नेपाल सरकारका सचिव थपलिया पछिल्लो समय गीत लेखनमा सक्रिय रहँदै आएका छन्। यसअघि उनका ‘माछीले खाने खोलीको लेउ’, ‘जताजता पिरतीको बाटो’ लगायत गीत चर्चित छन्।
गीतकाे भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।