काठमाडौं– सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनाको अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले राष्ट्रिय प्राथमिकताको आयोजनाको कामलाई तोकिएकै समयभित्र सम्पन्न हुनेगरी अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाउन लागिएको जानकारी दिए।
प्रवक्ता कुँवरले संयन्त्र निर्माणका लागि नियमावली बनाउने कामलाई तीव्रता दिइएको पनि स्पष्ट पारे। सोमबार काठमाडौंंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मन्त्रीकै नेतृत्वमा समितिको व्यवस्था गरिएको पनि स्मरण गराए।
सरकारले आगामी भदौदेखि सबै मन्त्रालयको कामको ‘अनुगमनको पनि अनुगमन’ गर्ने योजना पनि अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सबै मन्त्रालयले बनाएको कार्ययोजना अनुसार काम भए÷नभएको अनुगमन गर्ने व्यवस्था गरिएको प्रवक्ता कुँवरको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।