काठमाडौं– ललितपुर प्रहरीले पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाले दुई वटा पेस्तोलसहित रोशन लिम्बु र रामचन्द्र अधिकारीलाई पक्राउ गरेको हो।
ललितपुरको नख्खिपोटबाट उनीहरुलाई पक्राउ गरिएको ललितपुर परिसरका प्रमुख एसएसपी गणेश ऐरले बताए। उनीहरुबाट ५६ राउन्ड गोली र खुकुरी लगायत अन्य हतियार समेत प्रहरीले बरामद गरेको छ।
आइतबार मात्र प्रहरीले नख्खिपोटबाटै तीन जनालाई एउटा पेस्तोलसहित पक्राउ गरेको थियो।
पक्राउ परेकाहरु हतियारका कारोबारी भएको प्रहरी आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।