काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात समिति अन्तर्गत सञ्चालित सवारी साधनलाई आगामी पुस मसान्तसम्म पञ्जीकरण गर्नेगरी समयावधि बढाउने भएको छ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त जानकारी गराएक हुन्।
मन्त्रालयबाट गठित कार्यदलको प्रारम्भिक प्रतिवेदन अनुसार समय अवधि तोकिएको उनले जानकरी दिए। उनले भने, 'बढीमा पुस मसान्तको अवधि दिइएको छ, त्यसलाई घटाउनेबारे छलफल हुँदैछ।'
साउन १ पछि सवारी दुघर्टनाबाट घाइते तथा मृतक यात्रुहरुलाई जिल्ला प्रशासन मार्फत क्षतिपूर्ति प्रदान गरिने उनले बताए। रोक्का गरिएको समितिका खाताबाटै क्षतिपूर्ति प्रदान गरिने उनले जनाए।
'उपचार गरेको भरपाई जिल्ला प्रशासनमा बुझाएपछि खाताबाट रकम कटौती गरेर क्षतिपूर्ति दिलाइनेछ,' उनले भने। साउन १ पछि पञ्जीकरण नगरिए पनि रुट इजाजतका आधारमा सवारी सञ्चालन हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।