काठमाडौं- सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको तलब बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था नयाँ आर्थिक वर्षदेखि लागू गर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले देशभरिका श्रमिकको तलब बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था साउन १ गतेदेखि लागू गर्ने निर्णय पारित गरेको हो। सरकारी कार्यालय, निजी प्रतिष्ठान, संघसंस्था लगायतका हकमा फरक–फरक समयसीमा राखेर यो नियम लागू गर्ने निर्णय गरिएको छ। सरकारले सबै क्षेत्रमा काम गर्ने श्रमिकको तलब बैंकमार्फत भुक्तानी गराउने व्यवस्था मिलाउन रोजगारदाता कम्पनीलाई केही दिनको समय दिने भएको छ।
यसका लागि कतिपय स्थानीय तहमा अझै बैंक नपुगेकाले सरकारले तत्कालै सबै ठाउँमा बैंकका शाखा कार्यालय पुर्याउने निर्णय पनि गरेको छ।
गत जेठमा ल्याइएको श्रम नियमावलीमा श्रमिकको तलब बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था गरिएको थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारले तोकेको न्यूनतम पारिश्रमिक बैंकमार्फत भुक्तानी नगर्ने रोजगारदाताहरुलाई कारबाही गर्ने बताउँदै आएको छ।
सरकारले असार २५ गते श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको थियो।
यस्तो छ निर्णय:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।