विश्वकपमा क्रोएसियाकी राष्ट्रपतिले देखाएको खेल भावनाको चौतर्फी प्रशंसा

Nepal Live

काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आफ्नो टिमलाई समर्थन गर्न रसिया पुगेकी क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिक अन्तर्राष्ट्रिय मिडियामा छाएकी छिन्। 

क्रोएसिया र फ्रान्सबीच आइतबार भएको फाइनलअघि नै उनले देखाएको खेल भावनाको विषयमा चर्चा हुन थालेको थियो। आइतबार भएको फाइनलमा आफ्नो टिम फ्रान्ससँग ४–२ ले पराजित हुँदा उनले देखाएको खेल भावनाको सबैतिरबाट प्रशंसा भएको हो। 

उनी फाइनल खेल हेर्न जर्सीमै रंगशालामा उपस्थित भएकी थिइन्। फाइनल खेल फ्रान्ससँग हारेपछि बिक्षिप्त बनेका आफ्ना खेलाडीप्रति उनले देखाएको खेल भावना सबैतिरबाट प्रशंसा भएको छ। उनले खेल हेर्न उपस्थित भएका फ्रान्सका राष्ट्रपति मार्कनसँग पनि सहज वातावरणमा खेल हेरेकी थिए। 

दोस्रो स्थानको मेडल लिन आएका क्रोएसियन खेलाडीलाई उनले अंकमाल गरेर बधाइ दिएकी थिएन्। प्रशिक्षक र कप्तान लुका मोड्रिकसँग अंकमाल गर्ने क्रममा उनी भावुक बनेकी थिइन्। 

५० वर्षीय ग्राबर तत्कालिन युगोस्लोभियाकको रिजेकामा जन्मिएकी थिइन्। अस्ट्रिया र अमेरिका अध्ययन गरेपछि उनले क्रोएसियामै पिएचडी गरेकी थिइन्। उनी क्रोएसियन, अंग्रेजी, स्पेनिस र पोर्चुगिज भाषा बोल्न सक्छिन्। यस्तै जर्मन, फ्रेन्च र इटालीयन बुझ्न सक्छिन्। 

विश्वकपमा क्रोएसियाको समर्थनका लागि उनी इकोनोमी क्लासमा रसिया पुगेकी थिइन्। उनले क्रोएसियाको हरेक खेल सामान्य दर्शक बस्ने स्थानमा जर्सी लगाएर हेरेकी थिइन्।  क्रोएसियाले फाइनल यात्रा तय गर्दा उनले खेलाडी तथा प्रशिक्षकलाई ड्रेसिङ रुपमै गएर खुसी साटासाट गरेकी थिइन्। 


 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार