काठमाडौं– गत असोजमा एक युवतीलाई बर्दिबासको होटलमा बलात्कार गर्ने युवकलाई प्रहरीले संयुक्त अरब इमिरेट्स(यूएई)बाट पक्राउ गरी नेपाल ल्याएको छ। सिन्धुलीको मनिणठाकुर– ४ घर भएका सिंह लाल थिङलाई प्रहरीले यूएईबाट पक्राउ गरी आइतबार नेपाल ल्याएको हो।
गत असोज ६ गते बर्दिबासको होटल विनायकमा उनले एक युवतीलाई बलात्कार गरेका थिए। विदेशबाट उपहार ल्याइदिएको भन्दै भेट्न बोलाएर उनले धाक धम्की दिई बलात्कार गरेको थिए।
घटनापछि विदेश फर्किएको थाहा पाएपछि प्रहरीले उनीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न आग्रह गरेको थियो। इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेपछि यूएईको प्रहरीले उनलाई पक्राउ गरी नेपाल निष्काशन गरेको थियो। विमानस्थलबाटै प्रहरीले थिङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, बर्दिबासमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।