काठमाडौं– साउन १ गते देखि कोटेश्वर–जगाती सडकमा मालबाहक गाडी तथा बस र कार तथा मोटरसाइकलका लागि छुट्टाछुट्टै लेन तोकिएको छ। दुर्घटना न्यूनीकरण तथा ठूला गाडीबाट साना सवारी साधनलाई हुने बलमिच्याई रोक्न ट्राफिक प्रहरीले लेन नै छुट्याएको हो।
महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीका अनुसार पहिलो तथा बायाँतर्फको लेन मालबाहक गाडी र दायाँ अर्थात् दोस्रो लेन कार तथा मोटरसाइकलका लागि छुट्याइएको छ।
मबार दिनभर त्यससम्बन्धि जनचेतना कार्यक्रम लागू गर्न लागिएको छ। मंगलबारदेखि नै लेनको नियम लागू हुने ट्राफिक छ। अर्काको लेनमा चलाउने सवारी साधनलाई कारबाही गरिने ट्राफिक महाशाखाले जनाएको छ।
गत बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गृह मन्त्रालयमा भएको छलफलपछि लेन छुट्याउने निर्णय भएको थियो। ठूला सवारी साधनको ठक्करबाट भक्तपुरमा बारम्बार मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिएपछि यस्तो नियम लगाइएको हो। यसले साना सवारी साधन प्रयोग गर्नेहरुलाई राहत पुग्ने छ।
साथै ठूला गाडीलाई तिव्र गतिमा चलाउन समेत नदिने ट्राफिक प्रहरीले जनाएको छ। मंगलबारदेखि नै लागू हुने गरी कोटेश्वरदेखि जगातीसम्मको सडकमा टाइम कार्ड पनि लागू गर्न लागिएको छ।
दुर्घटना न्यूनीकरणका लागि गत बुधबारदेखि ट्राफिक महाशाखाले बेलुका ८ बजेअघि उपत्यकामा टिप्पर चलाउन रोक लगाएको छ। यद्यपी सो नियम पूर्ण रुपमा कार्यान्वायन हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।