काठमाडौं– पैदलयात्रीहरुको सुरक्षालाई मध्यनजर गरी आइतबारदेखि उपत्यकामा सचेतना अभियान सुरु भएको छ। जस अन्र्तगत एकै दिन २ हजार भन्दा धेरै पैदलयात्रु कारबाहीमा परेका छन्।
गलत ठाउँबाट बाटो काट्ने प्रवृत्ती रोक्न महानगरिय ट्राफिक प्रहरी महाशाखाले सचेतना अभियान शुरु गरेको हो। सडक नियम पालना नगर्ने पैदलयात्रुहरुलाई नियन्त्रणमा लिइ ट्राफिक नियमसम्बन्धि कक्षा लिने गरेको छ।
अभियान अन्र्तगत सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीको बिषयमा उपत्यकाका विभिन्न स्थानमा रहेका जेब्रा क्रसिङ र आकाशेपुलहरुमा ट्राफिक र जनपथ प्रहरीले संयुक्त रुपमा पैदलयात्रीलाई सचेत गराउन थालेको हो। अभियान १० दिन सम्म चल्ने र यस अभियानले पैदलयात्रीहरु दुर्घटनामा पर्ने अवस्थालाई न्युनिकरण गर्ने लक्ष्य लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विहान र बेलुकीको पिकआवर समयलाइ लक्षित गरी अभियान सुरु भएको हो।
कतिपय दुर्घटना पैदलयात्रुको लापरबाहीका कारण समेत हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।