उदयपुर– आइतबार राती उदयपुरको त्रियुगा नगरपालिका–६ मा भएको बस दुर्घटनामा एक युवकको मृत्यु भएको छ। भारतको फारबिस गन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस पौने १० बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा बसमा सवार भारतीय नागरिक ३२ वर्षिय मनोज दासको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा राती नै मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक भागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।