एजेन्सी– सर्वियन टेनिस स्टार नोभाक जोकोभिकले जित विम्बल्डन ओपन टेनिस प्रतियोगिताको पुरुष एकलको उपाधि जितेका छन्।
जोकोभिकले आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकाका केभिन एन्डर्सनलाई पराजित गर्दै २ वर्षछि विश्वकपको उपाधि जितेको हो।
१२ औं वरीयताका जोकोभीकले एन्डर्सनलाई ६–२, ६–२ र ७–६ (७–३) ले पराजित गर्दै उपाधि जितेको हो। उनले सन् २०१६ मा फ्रेन्च ओपन जितेपछि पहिलो पटक मुख्य उपाधि जितेका हुन्।
३१ वर्षीय जोकोभिकको यो १३औं ग्रान्डस्लाम उपाधि हो।
यसअघि महिला एकलको उपाधि जर्मनीकी एन्जेलिकी केर्वरले अमेरिकाकी सेरेना विलियम्सलाई पराजित गर्दै जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।