नैरोबी- अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या आइपुगेका छन्।
दुईदिने भ्रमणका लागि उनी आइतबार केन्याको राजधानी नैरोबी आइपुगेका हुन्। नैरोबी आएपछि ओबामाले आफ्नी बहिनी औमा ओबामालाई लिएर केन्याका राष्ट्रपति उहुरु केन्याटालाई भेट्न गएका थिए।
केन्यामा रहेका बेला अमेरिकी पूर्वराष्ट्रपति ओबामाले विपक्षी दलका नेता राइला ओडिङ्गालाई पनि भेट्ने बताइएको छ। केन्यामा आफ्नी बहिनीले स्थापना गरेको एउटा सामाजिक संस्थाको कार्यक्रमका लागि ओबामा केन्या आएका हुन्।
उनको संस्थाले राष्ट्रपति ओबामा फाउण्डेसनले झैं शैक्षिक र आर्थिक अवसर जुटाइदिन सहयोग पुर्याउने काम गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।