काठमाडौं- फ्रान्सले दोस्रो पटक विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा क्रोएसियालाई ४-२ गोलले पराजित गर्दै फ्रान्सले २० वर्षपछि दोस्रो उपाधि जितेको हो। यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो पटक उपाधि जितेको थियो।
यता पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको उपाधि जितेर नयाँ च्याम्पियन बन्ने लक्ष्य अधुरै रह्यो।
फ्रान्सका लागि एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे र पाउल पोग्बाले गर्दा एक गोल आत्मघातीको रुपमा पायो। क्रोएसियाका लागि इभान पेरिसिक र मारियो मान्जुकिकलेे गरे।
विश्व च्याम्पियन बनेपछि फ्रान्सले ठूलो खुसीयाली मनायो।
तस्बिरमा हेरौं फ्रान्सको विजयोत्सव :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।