राजविराज– सप्तरीको दक्षिण सीमावर्ती क्षेत्रमा आइतबार निलगाई फेला परेको छ।
छिन्नमस्ता गाउँपालिका ४ स्थित लालापट्टीमा दुर्लभ वन्यजन्तु मानिएको निलगाई फेला परेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक तेजबहादर जोराले बताए।
लालापट्टिस्थित भित्री गाउँमा स्थानीयवासीहरुले लखेट्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले फेला पारी निलगाई नियन्त्रणमा लिएको उनको भनाइ छ।
तीन फिट अग्लो र ४५ किलोग्रामको गाई सशस्त्र प्रहरीले जिल्ला वन कार्यालय सप्तरीमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।