काठमाडौं– नेपाल प्रहरीका ३० वटा नयाँ कार्यालयहरु स्थापनाको तयारी गरिएको छ। सरकारले प्रहरीमा दरबन्दी थप गरेसँगै नयाँ कार्यालयहरु स्थापना हुन लागेको हो।
प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षत्रीका अनुसार, ४ वटा नगरपालिका र २६ वटा गाउँपालिकामा कार्यालय स्थापना गर्न लागिएको हो। प्रहरी कार्यालय नै नरहेका स्थानीय तहमा इलाका प्रहरी कार्यालय स्थापना गर्न लागिएको हो। नयाँ इप्रकाहरु स्थापनाका लागि गृहकार्य अघि बढिसकेको प्रवक्ता क्षत्रीले बताए।
१४ वटा प्रहरी निरीक्षकको नेतृत्व तथा बाँकी १६ वटामा प्रहरी नायब निरीक्षकको नेतृत्वमा कार्यालय स्थापना गर्न लागिएको छ। थप गर्न लागिएका ३० कार्यालयका लागि एक हजार ६५ जनाको दरबन्दी तय भएको छ।
यी ठाउँमा स्थापना हुँदैछन् नयाँ कार्यालय:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।