काठमाडौं– प्रहरीलाई घुस दिएर मुद्दा प्रभावीत पार्न खोज्ने व्यक्तिमाथि प्रहरीले कारबाही अघि बढाएको छ। सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका सोलुखुम्बु, दुधकुण्ड गाउँपालिकाका विजय मगरले आइतबार प्रहरीलाई घुस दिएका हुन्।
उनले महानगरीय प्रहरी वृत्त महाराजगंजको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक टेकबहादुर कुँवरलाई ६० हजार घुस दिएका थिए। सइ कुँवरले वृत्तका प्रमुख डिएसपी भेषराज रिजाललाई जानकारी गराएका थिए। डिएसपी रिजालले घुसबापतको रकम बरामद गरी उनीविरुद्ध थप कारबाही अघि बढाएका छन्।
मगरलाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएकोमा म्याद थप नगर्न भन्दै उनले घुस दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।