दुई दिने व्यवस्थापन तथा आइटी शैक्षिक मेला श्रावण २ बाट

Nepal Live

काठमाडौं– आगामी श्रावण २ र ३ गते व्यवस्थापन तथा आइटी शैक्षिक मेला आयोजना हुने भएको छ।

पाठशाला एजुकेशन फाउन्डेशनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यवस्थापन तथा आइटी शैक्षिक मेलाको आयोजनाको बारेमा जानकारी गराएको हो। काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना हुने मेलामा  ५६ वटा स्टल रहनेछ। 

व्यवस्थापन र आइटीतर्फ नेपालमा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने विश्वास दिलाउन मेला आयोजना गरिएको फाउन्डेशनका निर्देशक सुवास दंगालले जानकारी दिए।

अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको पनि मेलामा सहभागिता रहने बताइएको छ। २ दिनसम्म चल्ने मेलामा ७ हजार बढी विद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार


अन्य समाचार पढ्नुहोस्