काठमाडौं – फिल्म ‘द ब्रेकअप’को छायांकन गर्न कलाकारसहितको टोली अष्ट्रेलिया पुगेको छ। रोहित अधिकारीको लगानी रहेको फिल्मको नेपालका विभिन्न स्थानमा छायांकन सकिएपछि निर्माण टाेली बाँकी छायाँकनका लागि अष्ट्रेलिया पुगेको हो।
अष्ट्रेलियाका विभिन्न स्थानहरुमा औपचारिक अनुमति लिएर छायांकन सुरु गरिएको फिल्मका निर्माता अधिकारीले जानकारी गराए।
अभिनेता आशिरमान देशराज जोशी, अभिनेत्री शिल्पा मास्केको मुख्य अभिनय रहेको फिल्मलाई हेमराज वीसीले निर्देशन गरिरहेका छन्। निर्माण युनिटले प्रारम्भिक आंकलनभन्दा फिल्मको बजेट भने चुलिएर गएको जानकारी दिएको छ।
निर्माता अधिकारीका अनुसार फिल्मको बजेट ३ करोड रुपैयाँको हाराहारीमा लाग्ने भएको छ।
फिल्म ‘गाजलु’ निर्माणबाट नेपाली फिल्म क्षेत्रमा चिनिएका रोहित ‘द ब्रेकअप’ पनि दर्शकको रोजाइमा पर्न सकोस् भन्ने उद्देश्यले कथाले मागेको लोकेसन अनुसार अष्ट्रेलियामा छायांकन गर्नु परेको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।