काठमाडौं– साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक सकारात्मक देखिएको छ। परिसूचक ८ दशमलब ११ अंकले बढेर १२ सय दशमलब शून्य ९ को बिन्दुमा आइपुगेको छ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै अनलाइन कारोबार सञ्चालनमा आउने उत्साहका कारण सेयर बजारमा हरियाली छाएको जनकारहरु बताउँछन्।
आइतबार कारोबारमा आएको फाइनान्स समूह बाहेक अरु सबै समूहमा हरियाली छाएको छ। फाइनान्स समूहमा १ दशमलब ५७ अंकले गिरावट आएको छ।
आइतबार बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बिमा समूहको सेयर मूल्य ४३ दशमलब ४९ अंकले बढेको छ। त्यस्तै, होटल समूह ४० दशमलब ६६ अंकले, उत्पादन तथा प्रशोधन समूह ९ दशमलब ३८ अंकले बढेको छ।
आइतबार १ सय ७० कम्पनीको १९ करोड ३८ लाख २६ हजार ४ सय १० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सेन्चुरी कमर्सियल बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। बैंकको संस्थापक सेयर १ करोड २९ लाख २४ हजार ३० रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख ७५ हजार ५ सय ८१ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
आइतबार सर्वाधिक कमाउनेमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५४ रुपैयाँ अर्थात् ७ दशमलब ०८ प्रतिशतले बढेको छ। त्यस्तै, नबिल प्रगति फन्डको सेयर मूल्य ६ दशमलब १३ प्रतिशतले बढेको छ।
यता, सर्वाधिक गुमाउनेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।