क्रोएसिया भर्सेस फ्रान्स
मिति– असार ३१, समय– राति ८:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकपमा अब दुई राष्ट्र मात्र बाँकी छन्, क्रोएसिया र फ्रान्स। ३० टिमको यात्रा सकिएको छ। ६३ खेलको नतिजा आइसकेका छन्।
६४औं खेलमा क्रोएसिया र फ्रान्स उपाधिका लागि भिड्दैछन्। फ्रान्स १९९८ पछि उपाधि जित्न चाहान्छ। सन् १९९८ मै सेमिफाइनलमा रोकिएको क्रोएसिया नयाँ च्याम्पियन बन्ने योजनामा छ। सन् १९९८ मा क्रोएसियाको फाइनल पुग्ने अभियानमा फ्रान्स बाधक बनेको थियो। फेरि फ्रान्स नै क्रोएसियाको उपाधि जित्ने महत्वाकांक्षामा तगारो बनेको छ।
क्रोएसिया र फ्रान्स आइतबार भिड्दा २० वर्षअघिको खेलको याद आउनेछ। सबैभन्दा बढी याद डिडियर डेस्चाम्सले गर्नेछन्। २० वर्षअघि फ्रान्सको कप्तानी गरेका डेस्चाम्स अहिले प्रशिक्षक छन्।
क्रोएसियाको तुलनामा फ्रान्सलाई बलियो मानिएको छ। रक्षापंक्ति र अग्रपंक्तिमा फ्रान्स सशक्त छ। प्रतियोगिताको बलियो मानिएको बेल्जिमयलाई पराजित गर्दै फ्रान्सले फाइनलनमा स्थान पक्का गरेको थियो।
क्रोएसिया मिडफिल्डमा अब्बल छ। त्यहि मिडफिल्डको सदुपयोग गर्दै क्रोएसिया २० वर्षअघि फ्रान्ससँग सेमिफाइनलमा बेहोरेको हारको बदला लिन चाहान्छ।
दुई वर्षअघि फ्रान्स युरो कपको फाइनलमा पुगेको थियो। घरेलु मैदानमा आयोजित प्रतियोगिताको फाइनलमा पुगेपछि फ्रान्सलाई उपाधिको दाबेदार मानिएको थियो। तर फाइनलमा पोर्चुगलसँग पराजित हुँदा फ्रान्सको सपना चकनाचुर भयो। फ्रान्स यसपटक दुई वर्षअघिको गल्ति दोहोर्याउन चाहादैन। क्रोएसियालाई कमजोर नआँक्ने फ्रान्सको रणनीति छ।
क्रोएसियाले फाइनल यात्रा तय गर्दा निकै मिहिनेत गरेको छ। नकआउट चरणका तीन वटै खेल १ सय २० मिनेट खेलेको क्रोएसिया अब एउटा बाधा पन्छाउन चाहान्छ, जसले क्रोएसियाले एउटा सुन्दर इतिहास कोर्नेछ। क्रोएसियाका कप्तान लुका मोड्रिक, इभान राकिटिक र मारियो मान्जुकिक तीनै खेलाडीले गोल गरेर आत्मविश्वास बटुलिसकेका छन्। त्यसलै क्रोएसियाले यी ३ खेलाडीबाट धेरै आसा गरेको छ।
सम्भावित टिम
फ्रान्स : हुगो लोरिस, लुकास हर्नान्डेज, स्यामुयल उम्टिटी, राफायल भारान, बेन्जामिन पभार्ड, एनगोलो कान्टे, पाउल पोग्वा, ब्लासी माटउटी, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जिरुड
क्रोएसिया : डानिजेल सुवासिक, सिमे भर्साल्को, डेजन लोभ्रेन, डोमागोज भिडा, इभान स्ट्रिनिक, इभान राकिटिक, मार्सेलो ब्रोजोभिक, एन्टे रेबिक, लुका मोड्रिक, इभान पेरिसिक, मारियो मान्जुकिक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।