झापा- विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन्। ढकाललाई आज बिहान गोठमा गाईबस्तुका लागि खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ।
सर्पले डसे लगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।