काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेताको टुंगो आतबार राति लाग्दैछ। उपाधिका लागि युरोपियन टिमहरु फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ।
फ्रान्स १९९८ को च्याम्पियन हो भने क्रोएसिया पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ। सेमिफाइनलमा फ्रान्सले बेल्जिमयलाई १–० गोलले पराजित गरेको थियो। क्रोएसियाले पहिलो पटक फाइनलमा स्थान बनाउने क्रममा इंग्ल्यान्डमाथि २–१ को जित निकालेको थियो।
फ्रान्सको बलियो पक्ष के हो? क्रोएसियाले फ्रान्सलाई रोक्न कस्तो रणनीति बनाउला? दुवैको टिम संरचना कस्तो हुन्छ?
नेपाल लाइभका सीताराम कोइरालासँग नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।