काठमाडौं– फ्रान्सले २० वर्षअघि विश्वकप फुटबल प्रतियोगिताको उपाधि पहिलोपटक जितेको थियो। घरेलु मैदानमा आयोजित प्रतियोगिताको फाइनलमा फ्रान्सले ब्राजिललाई ३–० गोलले पराजित गर्दै पहिलो पटक विश्वकपको ट्रफी उचालेको थियो।
२० वर्षअघि फ्रान्सलाई इतिहासकै ठूलो उपलब्धि दिलाउन डिडियर डेस्चाम्सले कुशल कप्तानी गरेका थिए। डेस्चाम्सकै कप्तानीमा फ्रान्सले २००० मा युरो कपको पनि उपाधि जितेको थियो।
अब डेस्चाम्सलाई प्रशिक्षकको रुपमा उपाधि उचाल्ने अवसर छ। डेस्चाम्सले हाल फ्रेन्च टिमको नेतृत्व गरिरहेका छन्। आइतबार क्रोएसियालाई हराउन सकेन डेस्चाम्स खेलाडी र प्रशिक्षकको रुपमा विश्वकपको उपाधि जित्ने तेस्रा व्यक्ति हुनेछन्।
यसअघि ब्राजिलका मारियो जगाल्लो र जर्मनीका फ्रान्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकपको ट्रफी उचालेर इतिहास बनेका थिए।
मारियोले ब्राजिलबाट १९५८ र १९६२ मा खेलाडी तथा १९७० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि उचालेका थिए। फ्रान्जले १९७४ मा खेलाडी र १९९० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।