काठमाडौं– भारत विरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्ड विजयी भएको छ। शनिबार भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८६ रनले पराजित गरेको हो। योसँगै तीन खेलको सिरिज १–१ को बराबरी भएको छ।
इंग्ल्यान्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा २ सय ३६ रनमा अलआउट भयो। भारतका लागि विराट कोहलीले ४५ र सुरेश रैनाले ४६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। बलिङतर्फ इंग्ल्यान्डका लियाम प्लुङकेटले ४ विकेट लिए। डेभिड विलि र अदिल रसिदले २–२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन जोड्यो। उसका लागि जोएर रुटले १ सय १३ रन जोडे। इयान मोर्गानले ५३ रन र डेभिड विलिले ३१ बलमा नटआउट ५० रन जोडे। बलिङमा भारतका कुलदीप यादवले ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।