एजेन्सी– जर्मनीकी एन्जीलिकी केर्वरले सात पटककी विजेता अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै विम्बल्डन ओपनको महिला एकलको उपाधि पहिलो पटक जितेकी छन्।
११ औं वरीयताकी ३० वर्षीया केर्वरले २३ पटक ग्रान्डस्लाम जितेकी सेरेनालाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरिन्। यसअघि केर्वरले सन् २०१६ मा अस्ट्रेलियन ओपनर र युएस ओपन जितेकी थिइन्।
आमा बनेपछि उपाधि जित्ने सेरेनाको सपना भने पूरा भएन। गत सेप्टेम्बरमा आमा बनेकी सेरेनाले त्यसयता चार प्रतियोगिता खेलेकी छिन्।
पुरुष एकलको उपाधिका लागि सर्वियाका नोभाक जोकोभिक र दक्षिण अफ्रिकाका केभिन एन्डरसनबीच प्रतिस्पर्धा हुने भएको छ। जोकोभिकले शनिबार भएको सेमिफाइनलमा स्पेनका राफायल नाडाललाई ६–४, ३–६, ७–६ (११–९), ३–६ र १०–८ को रोमान्चक सेटमा पराजित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।