रोम- माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई सहयोग गर्ने भन्ने निश्चित नहुँदा लिवियाबाट युरोप हिँडेका कम्तीमा ४ सय ५० जना आप्रवासी शरणार्थीरू समुद्रमा अलपत्र परेका छन्।
शुक्रबार इटालीका दक्षिणपन्थी समूहका तर्फबाट गृहमन्त्री बनेका माटेओ साल्भिनीले आप्रबासी चढेका डुङ्गालाई आफ्नो इलाकामा प्रवेश गर्न नदिएपछि युरोपेली संघको सीमा क्षेत्रमा काम गर्ने निकाय (फ्रन्टेक्स)ले दुईवटा डुङ्गा उपलब्ध गराएको र डुङ्गा डुब्ने खतरालाई टारेको थियो।
एउटै डुङ्गामा ठूलो सङ्ख्यामा रहेका शरणार्थीको सुरक्षालाई मध्य नजर गरी यात्रुहरूलाई दुई डुङ्गामा बाँडिएको थियो।
फ्रन्टेक्सले डुङ्गालाई दक्षिणतर्फ लिविया अथवा माल्टामा जान निर्देशन दिएको बताइएको छ।
हामीले सर्वप्रथम समस्यामा परेका यात्रुलाई न्याय दिनु, सम्मान गर्नु र मानव तस्कर विरुद्ध साहस दिनु आवश्यक छ त्यसपछि मात्र युरोपेली कानुनअनुसार अघि बढ्नु उचित हुनेछ। एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।