पोखरा– पोखराको एक गेष्ट हाउसबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
पोखरा लेखनाथ महानगरपालिका–८ सृजनाचोक स्थित मार्फा गेष्ट हाउस एण्ड थकाली भान्छा घरमा अबैध रुपमा जुवातास खेलिरहेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो।
महेन्द्रपुल बस्ने ५१ वर्षीय भुपेन्द्र हिराचन सहित ७ जनालाई नगद ३ लाख ७५ हजार ४ सय २० रुपैयाँ सहित शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। सो होटलमा पेशेवर जुवाडेहरु जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।