काठमाडौं– रसियामा भइरहेको विश्व कप फुटवल प्रतियोगितामा सट्टेबाजी गर्ने थप तीन जना काठमाडौंमा पक्राउ परेका छन्।
बुढानिलकण्ठ नगरपालिका–१० निलोपुल बस्ने ३३ वर्षीय अर्नुप श्रेष्ठ, ४४ वर्षीय राजकुमार भडेल र ३४ वर्षीय सुरेन्द्र मानन्धरलाई प्रहरीले पक्राउ गरेको हो। २ लाख ६ हजार ७ सय २० रुपैयाँ नगद, ४ लाख १५ हजार रुपैयाँ बराबरको चेक, बैंकमा डिपोजिट गरेको १४ लाख ५० हजारको रसिद, आईएमईबाट झिकेको ६१ हजार ९ सय ३२ रुपैयाँको रसिद सहित शुक्रबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
यसअघि पनि प्रहरीले काठमाडौंमा सट्टेबाजीमा संलग्न चार वटा गिरोहलाई पक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।