काठमाडौं– बलिउडकी मोडल पुनम पाण्डेय नेपाल आएकी छिन्। उनी विश्वकप फुटबलको फाइनल खेल हेर्न नेपाल आएकी हुन्।
पुनमले काठमाडौंको डेजा–भु क्लबमा आइतबार साँझ नेपाली प्रशंसकहरुसँग बसेर फ्रान्स र क्रोएसियाबीचको फाइनल हेर्नेछिन्।
उनलाई डेजा–भु क्लबका सञ्चालक केपी गैरेले काठमाडौं निम्त्याएका हुन्।
पुनमले नेपालमा बसेर विश्वकपको फाइनल हेर्ने अवसर जुरेकोमा खुसी व्यक्त गरेकी छिन्। शनिबार काठमाडौंमै आयोजित एक कार्यक्रममा उनले नेपाली दर्शकको साथमा विश्वकप हेर्न उत्साहित रहेको बताइन्।
पुनमले नेपाल निकै सुन्दर लाग्ने बताउँदै समय मिलेसम्म काठमाडौंका केही ठाउँ घुम्ने जनाइन्। उनी सोमबार भारत फर्किनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।