काठमाडौं– टिप्परका कारण हुने दुर्घटना रोक्न ट्राफिक प्रहरीले उपत्यकामा बेलुका मात्र टिप्पर चलाउन दिने निर्णय कार्यान्वायन हुन नसक्दा दुर्घटना रोकिएका छैनन्। शनिबार दिउँसो टिप्परको ठक्करबाट सोल्टीमोडमा युवतीको मृत्यु भएको छ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार ना ७ च ९४७५ नम्बरको टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार युवती अनुजा मिरेको मृत्यु भएको छ। चापागाउँबाट नौबिसेतर्फ जाँदै गरेको टिप्परले सोही दिाशातर्फ जाँदै गरेको बा ९६ प ४८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट भएको दुर्घटनामा परी चितवनको भरतपुर–१३ घर भएकी १८ वर्षिय घिमिरेको मृत्यु भएको हो।
मोटरसाइकलका चालक अनुज घिमिरे सामान्य घाइते छन्। मृतक उनको बहिनी हुन्।
टिप्पर चालक राजकुमार तामाङलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप कुमार क्षत्रीले बताए।
लापरबाह तरिकाले चलाइने टिप्परको ठक्करबाट राजधानीमा दुर्घटना बढेपछि बिहिबारदेखि बेलुका ८ बजेअघि टिप्पर चलाउन रोक लगाउने निर्णय भएको थियो। त, निर्णय कार्यान्वायन भने हुन सकेको छैन। अनुभव नभएका चालक र कमजोर सजायका कारण टिप्परका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीहरु बताउँछन्।
टिप्पर तथा पानी ट्याङकरहरु राजधानीको सडकमा आतंक नै बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।