बेल्जियम भर्सेस इंग्ल्यान्ड
मिति– असार ३० गते, समय– राति ०७:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको तेस्रो स्थानका लागि आज राति पौने ८ बजे इंग्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ।
यसअघि भएको सेमिफाइनलमा बेल्जियमलाई फ्रान्सले र इंग्ल्यान्डलाई क्रोएसियाले पराजित गरेका थिए।
बेल्जियम तेस्रो स्थान हात पार्दै इतिहासकै ठूलो उपलब्धि हात पार्न चाहान्छ। यसअघि सन् १९८६ मा सेमिफाइनलमा पुगेको बेल्जियम सेमिफाइनल र तेस्रो स्थानको दुवै खेलमा पराजित भएको थियो।
युवा टिम इंग्ल्यान्डका लागि पनि तेस्रो स्थानको खेल महत्वपूर्ण छ। युवा खेलाडीलाई आगामी प्रतियोगितामा आत्मविश्वास बढाउन इंग्ल्यान्ड जितका लागि खेल्नेछ।
जारी विश्वकपमा बेल्जियम र फ्रान्स एकै समूहमा परेका थिए। सुरुवाती २ खेलमा जित हात पारेपछि दुई टिम समूह विजेताका लागि प्रतिस्पर्धा गरेका थिए। खेलमा बेल्जियमले इंग्ल्यान्डलाई १–० गोलले पराजित गरेको थियो। खेलमा दुवै टिमले पहिलो रोजाइका खेलाडीलाई आराम दिएका थिए।
सम्भावित टिम
बेल्जियम : थिबाउट कोउटिइस, जान भेर्टोघेन, भिसेन्ट कोम्पनी, थोमस भर्माइलेन, टोबी एन्डरवारेल्ड, यानिक कारास्को, एक्सेल विस्टेल, केभिन डे ब्रुइन, नासेस चाड्ली, इडिन हजार्ड, रोमेलु लुकाकु
इंग्ल्यान्ड : जोर्डन पिकफोर्ड, केल वाकर, जोन स्टोन्स, ह्यारी म्यागियुर, केइरन ट्रेइपियर, डेल अली, जोर्डन हेन्डर्सन, जिसे लिङगार्ड, एस्ले योङ, रहिम स्टलिङ, ह्यारी केन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।