विराटनगर– धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ स्थित परेवादिनमा लुटेराको कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ। १९ वर्षीय रोहित लिम्बू र १६ वर्षीय शुक्रराज लिम्बूको कुटपिटबाट ६० वर्षीया नरमाया लिम्बूको मृत्यु भएको हो।
घरमा कोही नभएको समयमा दुवैले शुक्रबार वृद्धालाई कुटपिट गरी उनको डेढ तोला सुनको गहना लुटेर भागेका थिए।
गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा राति ८ बजे मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी सिधुवाको टोलीले शुक्रबारै आरोपीलाई गहनासहित पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।