एजेन्सी- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन्।
बेलायतबाट फर्किएका शरिफसहित उनकी छोरी मरियमसमेत शुक्रबार राति लाहोर विमानस्थलबाट पक्राउ परेका हुन्। आबुधावी हुँदै फर्किएका उनीहरुलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको हो।
पाकिस्तानको नेसनल एकाउन्टिबिलिटी ब्युरो (एनबी) को टोलीले गाडीमा लैजान खोजे पनि शरिफले इन्कार गरेका थिए। त्यसपछि उनलाई विमानमार्फत रावलपिण्डीको आडियाला जेल लगिएको छ। अदालतले अडियाला जेल प्रमुखलाई पत्राचार गरेपछि उनलाई सोझै जेल लगिएको हो। छोरी मरियमलाई भने मेडिकल जाँचका लागि इस्लामावादको पुलिस एकेडेमीको सिहाला रेस्ट हाउसमा राखिएको छ।
शरिफको पक्राउपछि उनको पार्टी पिएमएल एनका समर्थकले प्रदर्शन गर्का छन्। सो क्रममा झडपसमेत भएको छ।
भ्रष्टाचार मुद्दामा यसअघि नै शरिफलाई १० वर्ष र छोरी मरियमलाई ७ वर्ष जेल सजाय सुनाइएको थियो।
पाकिस्तानमा जुलाई २५ मा निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।