लण्डन- बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दसौं हजार नागरिकले सहभागिता जनाएका छन्।
बेलायतको युरोपेली युनियन (इयु) बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तय भएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गित हुने देखिएको छ।
'ट्रम्पलाई पदबाट हटाऔँ', 'यो ट्रम्प विरोधी उत्सव हो', 'मेरी आमाले तिमीलाई मन पराउन्नन्! र उनले सबैलाई मन पराउँछिन्' जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनकारी अक्सफोर्ड स्ट्रिटबाट ट्राफलगर स्क्वाएरतर्फ गएका थिए। 'प्रदर्शनकारीले ट्रम्प नभए उन्नाइसौँ शताब्दीमा गठन भएको गोराहरूको रङ्गभेदी गोप्य समूह हुने छैन, अमेरिका फाँसीवादी हुँनेछैन' जस्ता नारा पनि सो क्रममा लगाइएका थिए।
केही प्रदर्शनकारीले भाँडाहरू ठटाउँदै विरोधमा सहभागिता जनाएका थिए भने केहीले विगुल फुकेर विरोध जनाएका थिए। केहीले ट्रम्प अघि नबढ भन्दै सुन्तला रङका उनकै आकृतिमा बनाइएको बेलुन समातेर जुलुसमा सहभागिता जनाएका थिए।
एक महिलाले गुलाबी रङको ‘पुसी ह्याट’ लगाएर सुरु गरेको प्रदर्शनमा 'ट्रम्प विरोधी एकता' गठबन्धनका रूपमा अन्य सहभागीले सहरका विभिन्न भागबाट भाग लिएका छन्।
प्रदर्शनका सहभागी सबैले अमेरिकी राष्ट्रपति ट्रम्पको ब्रेक्जिटबारे आएका प्रतिक्रियाको खुलेर कडा शब्दमा विरोध जनाएका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।