भक्तपुर- सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्तीमा बस्ने २३ वर्षीय सुभाष चौलागार्इंको बिहीबार पानीट्यांकीभित्र डुबेर मृत्यु भएको छ।
सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घरको कम्पाउन्ड पछाडि रहेको रिजर्भ ट्यांकीमा डुबेको अवस्थामा स्थानीयवासीले चौलागाईंलाई उद्धार गरी मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी महानगरीय प्रहरी वृत्त थिमिले दिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा ५ ख ८२७१ नम्बरको ट्यांकरबाट पानी हाल्ने क्रममा ट्यांकीभित्र खसेर बेहोस भएका चौलागार्इंको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए।
प्रहरीले पदमबहादुर सुनुवार र ट्यांकर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। मृतकका काका छत्रबहादुर चौलागार्इंले हत्या भएको भन्दै प्रहरी वृत्त थिमिमा जाहेरी दिएका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।