पहिराले अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

Nepal Live

बेनी– पहिराले अवरुद्ध मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक सञ्चालनमा आएको छ। 

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–३ दाना, तितरमा मंगलबार राति खसेको पहिरो पन्छाइएपछि बिहीबार साँझदेखि सडक सञ्चालनमा आएको शर्मा गजुरमुखी प्रोजेक्टका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। उनका अनुसार सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका थिए। 

पहिरो पन्छाइए लगत्तै दुईतर्फी यातायात सञ्चालन भइरहेको छ। चीनको तिब्बत जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका एक्साभेटरलाई पहिरो पन्छाउन प्रयोग गरिएको उनले जानकारी दिए। 

बेनी–जोमसोम–कोरला सडक आयोजना गण्डकी प्रदेशकोे ‘जीवनरेखा’ मानिएको छ। 

सडक विस्तारका क्रममा ठाउँ–ठाउँमा पहिरोको जोखिम छ। सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई अन्नपूर्ण गाउँपालिकाले समन्वयसमेत गरिरहेको जनाइएको छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार