कैलाली– पूर्व युवराज पारस शाह धनगढी आइपुगेका छन्। कर्मनिष्ट अभियानका क्रममा देशव्यापी भ्रमणमा निस्किएका पूर्व युवराज पारस बिहीबार साँझ धनगढी आइपुगेका हुन्।
धनगढी पुगेसँगै उनलाई भेट्न समर्थकहरुको ठूलो भीड लागेको थियो।
शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले पूर्व युवराज पारस देश र जनताको अवस्था बुझ्न र कर्मनिष्ठ अभियानका क्रममा धनगढी आएको बताए। उनले पूर्व युवराज पारस दुई सातासम्म प्रदेश नम्बर ७ को भ्रमणमा रहने बताए।
गत असार ९ गते लमजुङबाट कर्मनिष्ठ अभियान सुरु गरेका पूर्व युवराज पारस मनकामना र गोरखनाथ मन्दिरको दर्शनपछि समर्थकसहित स्थलमार्ग भएर देशव्यापी भ्रमणमा निस्किएको जनाइएको छ।
लमजुङ, गोरखा, पोखरा, रुपन्देही, नेपालगञ्ज हुँदै पूर्व युवराज पारस धनगढी आइपुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।