बार्सिलोना– क्याटलोनियाको स्वतन्त्रता पक्षधर अपदस्थ सरकार प्रमुख काल्र्स पुज्डमोनले आफू र आफ्नो समूहका पृथकतावादी नेताहरूले आफ्नो अभियानले सफलता नपाउँदासम्म सङ्घर्षलाई जारी राख्ने बताएका छन्।
जर्मनीको अदालतले उनलाई सुपुर्दगी गर्ने निर्णय गरेसँगै बिहीबार उनले भने,‘हाम्रो अभियानले सफलता नपाउँदासम्म सङ्घर्ष जारी रहनेछ।’
पुज्डमोनलाई जर्मनीको अदालतले स्पेनी न्यायाधीशले माग गरेजस्तो राजद्रोहको अभियोग भने लगाएको छैन।
‘हामीले अन्त्यसम्म सङ्घर्ष गर्नेछौँ र जित्नेछौँ।’, पुज्डमोनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
क्याटलोनियामा पुज्डमोनको नेतृत्वमा गत अक्टोबरमा भएको स्वतन्त्रताको प्रयास स्पेनको केन्द्र सरकारले प्रत्यक्ष शासनमार्फत असफल पारेको थियो। तर केन्द्र सरकारको नेतृत्वमा भएको निर्वाचनमा पुनः स्वतन्त्रता पक्षधर समूहहरूको नै बहुमत आएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।