लन्डन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण सुरु गरेका छन्।
उनको दुई दिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन्। ट्रम्पले बेलायतस्थित रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्ने बताइएको छ।
ट्रम्पलाई बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्लेन्हिम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ।
अमेरिकी राष्ट्रपतिका रूपमा राष्ट्रपति ट्रम्पले गरेको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उनको व्यापक विरोध भएको छ।
दशौँ हजार प्रदर्शनकारीहरूले ट्रम्पको भ्रमणका विरुद्धमा प्रदर्शन गरेका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।