डा केसीका सबै माग सम्बोधन गर्न सकिँदैन– प्रचण्ड

Nepal Live

फाइल तस्बिर


काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वरिष्ठ चिकित्सक गोविन्द केसीका सबै माग सम्बोधन गर्न नसकिने स्पष्ट पारेका छन्।

अध्यक्ष दाहालले सार्वभौम संसदलाई ‘यो गर’ भनेर आदेश दिने अधिकार वरिष्ठ चिकित्सक केसीलाई नरहेको प्रतिक्रियासमेत दिए। बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले वरिष्ठ चिकित्सक केसीको मागको सम्बन्धमा सार्वभौम संसदले आवश्यक निर्णय लिने पनि बताए।

सरकारसँग डा केसीका मागलाई थपघट गर्ने अधिकार रहेको अध्यक्ष दाहालको भनाइ छ।

अध्यक्ष दाहालले वरिष्ठ चिकित्सक केसीलाई जुम्लाबाट काठमाडौं ल्याएर उपचार गराउन पहल भइरहेको पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार